संसद बैठकमा बालेन र हर्क साङ्पाङको जुहारीको बिषयको चर्चा


२ भाद्र २०७९, बिहीबार
217 Shares
samsad 1 scaled

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङबीच सामाजिक सञ्जालमा भएको दोहोरीको विषय उठेको छ ।

आज (बिहीबार) को प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै एमाले सांसद कृष्ण राईले सम्बन्धित मन्त्री र काठमाडौंँ महानगरका मेयरले लाचारी ब्यक्त गरिरहेका बेलामा धरानका मेयर राईले म काठमाडौं आएपछि फोहोरको समस्या समाधान हुने भयो भनेर घोषणा गरेको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सांसद राईले भने, ‘यो विषयमा बालेन र हर्कजीको फेसबुकमा जुहारी परेको नै देखियो । यहाँ कुरा के हो भने ४ बुँदे सहमतिपछि पनि यहाँ फोहोर नउठ्ने समस्या देखिएको छ किनभने त्यहाँको जनताको समस्यालाई नजरअन्दाज गरेको देखियो । अर्कोतर्फ महानगरले फोहोर उठाउनु पर्ने विषय हो कि सरकारले भन्ने कुरामा पनि जनतामा अन्योलको स्थिति देखिन्छ ।’

उनले थपे, ‘विचारणीय कुरा के छ भने न महानगरले योजना प्रस्तुत गरेको देखिन्छ न सरकारले गरेको देखिन्छ । उही पुरानै पाराबाट फोहोरलाई माटोले पुरेर व्यवस्थापन गर्ने, नयाँ प्रविधि भित्र्याएर यसलाई समाधान गर्नेतर्फ कसैको ध्यानाकर्षण भएको देखिएन ।’

jagdamba.cement
rbbbb

काठमाडौंको फोहोर नउठिरहेका बेला केही दिनअघि काठमाडौं आएका हर्क राईले आफू काठमाडौं आएपछि फोहोर उठ्न थालेको भन्दै मेयर बालेन्द्र शाहलाई ब्यङ्ग्य गरेका थिए । मेयरले शाहले पनि तपाईंकै लैरो चुनाव चिन्हबाट मैले पनि चुनाव जितेको हो नि भन्दै ब्यङ्ग्य फर्काएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७