सांसद महतको कटाक्ष : नागरिकता विधेयक राष्ट्रपतिकहाँ राति १२ बजेपछि पठाऔँ


२ भाद्र २०७९, बिहीबार
gajendra mahat rss

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले नागरिकता विधेयक राष्ट्रपतिकहाँ राति पठाउन सुझाव दिएका छन् ।

आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महतले अघिल्लो सरकारका निणर्यहरु राष्ट्रपतिबाट राति नै प्रमाणित भएको भन्दै त्यस्तो व्यङ्ग्यात्मक सुझाव दिएका हुन् ।

‘नागरिकता विधेयक पुनः राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला । राष्ट्रपति कार्यालयमा पठाउँदा दिउँसो पठाउनुभएन, राति पठाउनुपर्‍यो’, उनले भने, ‘अफ्ठ्यारा कामहरु राति नै फत्ते हुन्छन् । प्रमाणीकरण गर्नुपर्ने होला । त्यसो भएकाले मन्त्रीज्यू दिउँसो नपठाउनु होला ।’

महतले दिउँसो पठाउँदा प्रमाणीकरण नहुने समेत बताए । राष्ट्रपति कार्यालयलाई बानी परेको भन्दै उनले दिउँसो पठाउँदा प्रमाणीकरण नहुने भएकाले राति पठाउन आग्रह गरे । राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको विधेयक आजै पारित गर्ने तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७