नागरिकता विधेयक पास गर्ने दिन अचानक झापा पुगे ओली


२ भाद्र २०७९, बिहीबार
299954452 10223154821153905 7727123290424558196 n

काठमाडौ । प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घण्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ ।

त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक निणर्यार्थ पेस हुने कार्यसूची पनि छ । बिहीबार बिहान बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि आजै नागरिकता विधेयक पारित गर्ने तयारी छ ।

नागरिकता विधेयक पारित गर्ने कार्यसूची सार्वजनिक भएलगत्तै एमाले अध्यक्ष केपी ओली गृह जिल्ला झापा पुगेका छन् ।
पार्टी कार्यक्रममा सहभागी हुन ओली झापा पुगेका हुन् । केही दिनअघि पनि ओली तीन दिनसम्म झापा बसेर फर्केका थिए । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ओली गृहजिल्ला गएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७