एमालेको चेतावनी : नागरिकता विधेयकमा जब्बरजस्ती गरिए परिणाम राम्रो हुने छैन


२ भाद्र २०७९, बिहीबार
Pradeep gyawali scaled

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीप ज्ञवालीले नागरिकता विधेयक ‘हेड काउन्ट’ का आधारमा पारित नगर्न चेतावनी दिएका छन् ।

आज (बिहीबार) प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकमाथिको छलफलका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा उठाइएका प्रश्नहरूको समाधान गरी साझा दस्तावेज बनाउन दिएको अवसरको सदुपयोग गर्न आग्रह समेत गरे ।

‘एउटा अवसर प्राप्त भएको छ । छिटोभन्दा छिटो टुंग्याउन जरुरी छ । यसलाई जबरजस्ती गरेर टाउकाको गिन्तीको आधारमा गर्नुभयो भने यसका परिणाम राम्रा हुँदैनन्’, उनले भने, ‘टाउकोको गणनाका आधारमा त २०३६ सालमा राजा वीरेन्द्रले पञ्चायतलाई जिताएको पनि घोषणा गरेका थिए, टिक्यो त्यो ?’

उनले थपे, ‘हेड काउन्टमा तपाईंहरू बढी हुनुहोला । यो हेड काउन्टले टुंग्याउने विषय होइन । यसमा समाज विभाजित भयो भने पछिसम्म दुष्परिणाम रहिरहन्छ ।’ यसमा जबरजस्ती नगर्न र जिद्दी नगर्न पनि उनले आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७