नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम : प्रेम सुवाल


२ भाद्र २०७९, बिहीबार
35 Shares
prem suwal
फाइल फोटो

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक पास गर्नु राष्ट्रघाती काम हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभामा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा सहभागी हुँदै नेपालमा पनि लेन्डुप दोर्जेहरुको जन्म हुने बताए ।

उनले लेन्डुप दोर्जेको विरोध नगर्नेहरु संसारको कुनै कुनामा नहोलान् भन्दै नेपालीले पनि लेन्डुप दोर्जे देशघाती भनेर धेरै विरोध गरेको बताए । नागरिकता विधेयक पास गरेर फिर्ता आएको र फेरि पास गरेमा एक दुईवटा निर्वाचनपछि सांसदहरु नेपाली लेण्डुप दोर्जे बन्ने उल्लेख गरे ।
उनले अगाडि भने, ‘त्यसपछि नेपाल सिक्किम र फिजी बन्ने खतरा छ । यो इतिहासले देखाएको कुरा हो, प्रमाणहरु धेरै छन् । भारत बेलायती उपनिवेशबाट मुक्त भयो तर त्यहाँका शासकहरुमा उपनिवेशको मानसिकता कायमै छ । यो एउटा तथ्य, २०६४ सालमा ७ दलको बैठकमा गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहालले एसडी मुनीको हवाला दिँदै भन्नुभएको थियो, एक प्रदेश एक मधेश त भारतको इच्छा हो । अन्त कतै भन्नुभएको हैन ७ दलको बैठकमा भन्नुभएको हो, इतिहास साक्षी छ ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले सुगौली सन्धिभन्दा अगाडि नेपालको सीमाना खुला नभएको बताउँदै सन् १९५० मा आएको शान्ति तथा मैत्री सन्धिपछि नेपाल भारत खुला सीमा भएको त्यसले नेपालको नागरिकता समस्या ल्याएको बताए । उनले सच्चा नेपालीले नागरिकता पाउनुपर्ने बताउँदै कुनैपनि निहुँमा विदेशीलाई नागरिकता दिनु देश घात हुने उल्लेख गरे ।

उनले सो नागरिकता विधेयकमा नेपालीसँग बिहे गरेकी भारतीय महिलाले तत्काल नागरिकता पाउने व्यवस्था रहेको बताउँदै नेपाली महिलाले भारतीयसँग बिहे गरेमा नागरिकता पाउनका लागि ७ वर्ष कुर्नुपर्ने प्रावधान रहेको उल्लेख गरे ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७