२७ अंकले बढ्यो नेप्से : दुई अर्बमाथिको कारोबार


२ भाद्र २०७९, बिहीबार
share

काठमाडौं । केहि दिनयता शेयर बजारमा उतारचढाव निरन्तर छ । आज (बिहीबार) नेप्से परिसूचक २७.७२ अंकले बढेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा बढेको छ ।

बुधबार नेप्से ०.३६ अंकले घटेर २०४०.७० विन्दुमा पुगेको थियो । सो दिन २२२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

आज २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर २ अर्ब ५७ करोड ९८ लाख ५७ रुपैयाँमा खरिद बिक्री भयो । दुई कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढ्दा दुई कम्पनीको १० प्रतिशत हाराहारीमा बढ्यो ।

मन्दाकिनी हाइड्रो पावर र अपर सोलु हाइड्रो इलेक्ट्रकको सूचक १० प्रतिशतले बढेको हो । यस्तै स्वेत गंगा र अपर हेवाखोला हाइड्रोपावरको सूचक क्रमश ः ९.९७ र ९.९६ प्रतिशतले बढ्यो । कारोबारमा आएका १३ समूहको सूचकमा हरियाली छाएको छ । डेभलपमेन्ट बैंक र फाइनान्स समूहको सूचक ३ प्रतिशतले बढ्दा हाइड्रो पावर,अदर्श समूहको सूचक २ प्रतिशत बढिले बढ्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७