सुझाव धेरै ठाउँबाट आएको छ, कहाँबाट लड्ने अध्ययनमै छु : रवि लामिछाने


२ भाद्र २०७९, बिहीबार
rabi 4

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कहाँबाट उम्मेदवारी दिने भन्नेबारेमा अध्ययन गरिरहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका लागि उम्मेदवार आह्वान गर्दै उनले आफूलाई धेरैतिरबाट चुनाव लड्न सुझाव आएको भए पनि कुन क्षेत्रबाठ लड्ने भनेर अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

उनले भने, ‘ममाथि सिंगो पार्टीको जिम्मेवारी पनि त छ नि ।’ उनले आफूले छिट्टै उम्मेदवारी घोषणा गर्ने पनि बताएका छन् ।

उनले प्रदेश सभा चुनावमा भाग नलिने भनेर गरिएको घोषणबारे प्रष्ट्याउँदै उनले प्रदेश सभामा समस्या रहेको र त्यसलाई ‘रिपेयर’ गर्नुपर्ने आफूहरुको माग रहेको बताए । प्रदेश सभामा दल दर्ता गर्नबाट चुकेका कारण भाग नलिने घोषणा गरेको भन्ने आरोप लागेको भन्दै उनले त्यसको खण्डन गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७