‘राष्ट्रपति ज्यूले उठाएको विषय संसदको सम्पत्तिको रुपमा रहन्छ’


२ भाद्र २०७९, बिहीबार
Gagan thapa bSMYM2dVPS
फाइल् फोटो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले नागरिकता विधेयक पारित गरेर अघि बढ्नुपर्ने बताएका छन् । सांसदमा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै सांसद थापाले नागरिकता विधेयक नयाँ आउने र अहिले भने यो विधेयक पारित गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘यो विधेयक पारित गरेनौं भने पनि वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा एउटा व्यवस्था त छ । २०६३ सालको व्यवस्था छ । २०६३ सालको ऐन कसले बनाएको अन्तरिम संसदले। अन्तरमि संसदले पनि त्यो ऐन त्यसै बनाएको होइन । त्यो सारेको हो । कहाँबाट सारेको ? २०४९ सालको ऐनबाट सारेको । त्यो ऐन कसले बनाएको, गिरिजाप्रसाद, मनमोहन सबैले । २०४९ को ऐन पनि त्यसै बनाएको होइन । त्यो पनि सारेको । २०३८ सालमा राजा वीरेन्द्रले बनाउनुभएको ऐनबाट सारेको । त्यसैले वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा वितेको ४० वर्षदेखि एउटा व्यवस्था छ । जसको आधारमा ४ लाख ४० हजार विदेशी महिलाहरुले नेपाली पुरुषहरुसँग विवाह गरेर नागरिकता लिएका छन् ।’

उनले नागरिकता विधेयक रोकिए नेपाली नेपालीबाटै जन्मिएका नागरिकहरु नागरिकताविहीन हुने अवस्था आएको बताए । ‘आमाको नामबाट प्राप्त गर्नुपर्ने जो सन्तान हुन् तिनीहरुले पाउँदैनन् । तर, वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा त हामीले रोके पनि पाउँछन् । वितेको ४० वर्षदेखि कानुन छ,’ उनले भने । उनले अहिलेको संसद सकिएपछि पनि नागरिकतासम्बन्धी नयाँ विधेयक आउनैपर्ने बताए । ‘थुप्रै कुराहरु छुटेका छन् । तत्काल छुटेका कुराहरु आएका छन् । सम्मानित राष्ट्रपति ज्यूले उठाएको विषय संसदको सम्पत्तिको रुपमा रहन्छ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७