माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलिसम्मका लागि स्थगित


२ भाद्र २०७९, बिहीबार
mao 2

काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक फेरि सरेको छ । बिहीबार बिहान ९ बजेका लागि बोलाएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित गरेर दिउँसो ४ बजेका लागि बोलाइएको थियो ।

पुनः ६ बजेका लागि बोलाएको बैठक शुक्रबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो । शुक्रबार ८ बजेका लागि बोलाइएको माओवादी स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने छन् ।
बैठकमा अध्यक्ष प्रचण्डले नेता जनार्दन शर्मा र वर्षमान पुनबीचको प्रतिस्पर्धाबाट महासचिवमा अर्का नेता देव गुरुङको प्रस्ताव गर्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७