चुनाव प्रभावित पार्न नागरिकता विधेयक ल्याइएको होइन : गृहमन्त्री


२ भाद्र २०७९, बिहीबार
Bal krishna khad 1 scaled

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक चुनाव प्रभावित पार्नका लागि नल्याएको बताएका छन् ।
आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको विधेयकको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले लाखौं नागरिकलाई नागरिकता दिन विधेयक ल्याइएको बताए ।

बरु तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेश ल्याउने क्रममा राज्य व्यवस्था समितिको प्रतिवेदनलाई ‘इग्नोर’ गरेर ल्याएको उनले बताएका छन् । उनले राज्य व्यवस्थाको प्रतिवेदन अनुसार नै अध्यादेश किन नल्याएको भन्दै एमालेलाई प्रश्न समेत गरे ।

नागरिकता विधेयक ल्याउनुको कारण खुलाउँदै उनले नागरिकता नभएकाले लाखौँ युवाले विश्वविद्यालयमा पढ्न नपाएको बताए । त्यस्तै, लोकसेवाको परीक्षामा दर्खास्त दिन नपाएको, बैंकमा खाता खोल्न, सिमकार्ड लिनलगायतका समस्या भइरहेको उनले बताए । बाबु र आमा नेपाली नागरिक भएपनि उनीहरूका सन्तानले अंश समेत आफ्नो नाममा ल्याउन नपाएको जस्ता समस्या रहेको उनको भनाइ छ । गृहमन्त्री खाँणले विधेयकमा व्यवस्था नै नभएको विषयमा धेरै चर्चा भएको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७