नागरिकता विधेयक पारित गर्न मत विभाजन हुँदै


२ भाद्र २०७९, बिहीबार
samsad 2 scaled

काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकमाथि मत विभाजन माग गरेपछि संसदमा मत विभाजनमार्फत नै विधेयक पारित गरिने भएको छ ।

राष्ट्रपतिले सुझावसहित फिर्ता गरिदिएको विधेयक जस्ताको त्यस्तै पारित गर्ने तयारी गरिएपछि नेकपा एमालेले मत विभाजन मागेको हो । नियमावलीअनुसार २८ जना बढी सांसदले उठेर मत विभाजन माग गरेमा गरिनुपर्ने व्यवस्था छ ।

निणर्यार्थ पेस हुने क्रममा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मत विभाजन माग गर्दै प्रधानमन्त्रीसहित सत्ता पक्षका सांसदहरु पनि यसको विपक्षमा उभिन आग्रह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७