नागरिकता विधेयक १३५ मतले पारित, विपक्षमा ६० मत

राष्ट्रपतिको सुझाव अस्वीकार, भएन केहि हेरफेर


२ भाद्र २०७९, बिहीबार
samsad 1 scaled

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फर्काइ दिएको नागरिकता विधेयक फेरि संसदबाट मतदानमार्फत पारित भएको छ । बिहीबार (२ भदौ) मा बसेको प्रतिनिधि सभाको बैठकबाट विधेयक हुबहु पारित भएको हो ।

एमालेको मागअनुसार भएको मत विभाजनमा विधेयक पारित गर्नु पर्छ भन्नेमा १३५ मत परेको थियो । त्यस्तै विपक्षमा ६० मत झरेको थियो । यसैगरी हुन्न भन्ने पक्षमा कुनै सांसदले मत हालेनन् । नागरिकता विधेयकमा मतदान हुँदा संसदमा कूल उपस्थिति संख्या १९५ थियो ।
गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिले पुनर्विचार गर्न पठाएको विधेयक हुबहु पारितका लागि निणर्यार्थ पेश गरेपछि प्रमुख प्रतिपक्षी एमालेले विरोध गरेको थियो ।

एमालेको विरोधपछि ध्वनि मतले विधेयक पारित गर्न तयार रहेका सभामुख अग्नि सापकोटा यसको छिनोफानो मत विभाजनमार्फत गर्ने निणर्यमा पुगेका थिए । एमाले प्रमुख सचेतक विशाल भट्टराईले विरोध जनाउँदै बालुवाटारमा निणर्य गरेर संसदलाई अर्थहीन बनाएको उल्लेख गरेका थिए ।

अब विधेयक फेरि पारितका लागि राष्ट्रिय सभा पठाउने वा सभामुख सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनेबारे निणर्य गर्नेछन् । नागरिकता विधेयकको पक्षमा सत्ता गठबन्धनका चार दल, लोकतान्त्रिक समाजवादी पार्टी उभिएको थियो ।
विधेयकको विपक्षमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टी उभिएको थियो । एमालेले विधेयकलाई सर्वदलीय बैठक बोलाएर सहमति कायम गराउन आग्रह गरेको थियो । एमालेको जबरजस्ती गरिए परिणाम राम्रो नहुने चेतावनीबीच बहुमतले विधेयक पारित भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७