गठबन्धनको सामना गर्न एमाले तयार छ : ओली


२ भाद्र २०७९, बिहीबार
KP Sharma Oli

झापा । पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् ।

आजै गृह जिल्ला झापा आइपुगेका उनले कचनकबलको बनियानीमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनको सामना गर्न एमाले तयार रहेको बताएका हुन् । उनले एमाले कार्यकर्तालाई उच्च मनोबल र जितको मानसिकता बोकेर चुनावी अभियानमा लाग्न निर्देशन दिए ।

तीन दिन झापामै रहने
अध्यक्ष ओली आज दिउँसो गृहजिल्ला झापा आएका हुन् । उनी तीन दिन झापाका पार्टी कार्यक्रममा व्यस्त रहने बताइएको छ । तीन साताअघि पनि उनी चार दिन झापाको पार्टी कार्यक्रममा सहभागी भएर राजधानी फर्किएका थिए ।
उनको संसदीय क्षेत्रका प्रतिनिधि एवं एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार कचनकबल, बिर्तामोड, गौरादह, दमक र इलामको चुलाचुलीमा आयोजना हुने कार्यक्रममा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७