स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाइनान्स लिमिटेडबीच सम्झौता


२ भाद्र २०७९, बिहीबार

काठमाडौं । आइसीएफसीसी फाइनान्स लिमिटेड लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोग मा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।
सम्झौता पश्चात आइ सी एफसी सी फाईनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने जनाएको छ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाशभुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७