भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवालाई ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट

भैरहवामा विदेशी वायुसेवालाई आकर्षित गर्न ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट


२ भाद्र २०७९, बिहीबार
77 Shares
Gautam Buddha International Airport 1 scaled

काठमाडौं : सरकारले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। भैरहवामा विदेशी वायुसेवालाई आकर्षित गर्न नागरिक उड्डयन प्राधिकरणले ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्कमा ५० प्रतिशत छुट दिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको निर्देशनपछि शुक्रबारबाटै कार्यान्वयन गर्न पत्र पठाइएको नागरिक उड्ययन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए। निगमले यो नियम बिहीबारबाट अनिवार्य लागू गर्नुपर्ने उनको भनाई छ । ग्राउन्ड ह्यान्डलिङ व्यवस्थापन जिम्मेवारी नेपाल वायु सेवा निगमले पाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विदेशी वायुसेवालाई आकर्षित गर्न प्राधिकरणले भैरहवामा ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सुरक्षा शुल्कमा सतप्रतिशत छुट दिएको छ । आगामी पुस १७ गतेदेखि लागू हुने यो छुट पोखरा विमानस्थलमा पनि कायम रहने प्राधिकरणले जनाएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७