असईको नजितामा ‘लापरवाही’ : भण्डारी, खड्का र महतो आदिवासी जनजातिको कोटामा


२ भाद्र २०७९, बिहीबार
police cover

काठमाडौं : नेपाल प्रहरीको रिक्त प्रहरी सहायक निरीक्षक (असई)को नतिजामा ‘गम्भिर लापरवाही’ देखिएको छ । नेपाल प्रहरीले गत ६ असोज २०७८ मा खुलाएको असईको नतिजामा ‘गम्भिर लापरवाही’ देखिएको हो ।

प्रहरी प्रधान कार्यालयले लिखितमा पास गरेकाहरुको सक्षमता परिक्षण र अन्तर्वार्ताको अन्तिम नजिता गत ३१ साउन २०७९ मा प्रकाशित गरेको छ । प्रकाशित नतिजाको क्रम संख्या २८५ र दर्ता नम्बर १६२७३ मा आकाश खड्का छन् । तर उनको छनोट समूह भने आदिवासी जनजाति तर्फ छ ।

Nepal


यसैगरी क्रम संख्या ४०८ र दर्ता नम्बर २९६९६ मा सबिन महतोको नाम निस्केको छ । उनको छनोट समूह भने आदिवासी जनजाति उल्लेख छ । यसैगरी आदिवासी जनजाति तर्फको वैकल्पिकको पहिलो नम्बरमा क्रम संख्या १७०१२ रहेको दिपेन्द्र भण्डारी छन् । उनको छनोट समूह भने आदिवासी जनजाति तर्फ छ ।

Nepal police

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान अनुसार नेपालको ५८ जाति मात्रै आदिवासी जनजातिमा सुचीकृत छन् । भण्डारी, खड्का र महतो आदिवासी जनजाति समूहमा छैनन् ।

mahato

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले भने नतिजा प्रकाशनमा कमजोरी नभएको दाबी गरे । भण्डारी र खड्का मगर र महतो चौधरी भएको उनको भनाई छ । मगर जातिले खड्का, भण्डारी, बुढाथोकी लेख्ने गरेको उनको भनाई छ ।

स्रोतका अनुसार यसको विरुद्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । उजुरीमा ‘भण्डारी, खड्का र महतो आदिवासी जनजाति नभएको’ उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७