युवाहरूलाई जापानको आग्रह : राजस्व बढाउन रक्सी पिउनु


३ भाद्र २०७९, शुक्रबार
raksi japan

टोकियाे । जापान सरकार आफ्ना युवा वयस्कहरूको बानी परिवर्तन गर्ने एउटा नयाँ अभियानमा लागेको छ ।
जापानको अहिले नयाँ पिँढीले आफ्ना अभिभावकहरूको तुलनामा कम परिमाणमा रक्सी पिउने गरेका छन् । तसर्थ, चामलबाट बन्ने वाइनको बिक्रीबाट उठ्ने सरकारी राजस्वमा अहिले तुलनात्मक रूपमा कमी भइरहेको छ ।

राष्ट्रिय कर निकायले रक्सी पिउने बानी वा परम्परालाई पहिलेकै स्थितिमा दोहोर्‍याउन एउटा राष्ट्रिय प्रतिस्पर्धा नै गराउने अवस्थामा पुगेको छ । ‘सेक भिभा !’ नामक अभियानले मदिरा सेवनलाई थप आकर्षक बनाएर मदिरा उद्योगलाई प्रवर्द्धन गर्ने आशा लिइएको छ ।

सो प्रतिस्पर्धामा २० देखि ३९ वर्ष उमेरका युवायुवतीलाई आफ्ना साथीहरूमाझ जापानी पेय सेक, सोचु, व्हिस्की, बियर वा वाइनको प्रयोग र माग वृद्धि गराउन आफ्ना व्यापारिक विचार फैलाउन आग्रह गरिएको छ ।

कर निकायले चढ्दो उमेरका जापानीहरूले मदिरा पिउन कम गरेको र कोरोना महामारी फैलिँदा युवाहरूले पनि कम मदिरा पिउने बानी बसालेको बताएको छ । मदिरा बिक्री वितरणमा तीव्रता ल्याउन सरकारले आर्टिफिसियल इन्टेलिजेन्सको समेत प्रयोग गर्ने योजना बनाएको छ ।

सरकारको नीतिप्रति मिश्रित प्रतिक्रिया आइरहेका छन् । केहीले जनतालाई अस्वस्थकर बानीतर्फ प्रोत्साहित गर्न लागेको भन्दै आलोचना गरेका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७