एक दिवसीय क्रिकेट श्रृङ्खलामा नेदरल्याण्डमाथि पाकिस्तानको जित


३ भाद्र २०७९, शुक्रबार
2 123 fBJFDA4W5l

काठमाडौँ । घरेलु टोली नेदरल्याण्डसँगको तीन खेलको एक दिवसीय क्रिकेट श्रृङ्खला पाकिस्तानले एक खेल अगाडि नै जितेको छ । गए राति भएको दोस्रो एक दिवसीयमा नेदरल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले श्रृङ्खला २-० ले जितेको हो ।

घरेलु टोलीले दिएको १८७ रनको लक्ष्य पाकिस्तानले ३३ ओभर ४ बलमा ३ विकेट गुमाएर भेट्टायो । उसका मोहम्मद रिजवान, बाबर अजाम र आगा सलमानले अर्धशतकीय पारी खेले । रिजवानले अविजित ६९ रन बनाए ।

त्यस्तै कप्तान बाबरले ५७ र सलमानले अविजित ५० रन बनाए । नेदरल्याण्डका भिभिएन किङ्ग्माले २ तथा आर्यान दत्तले १ विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको नेदरल्याण्डले ४४ ओभर १ बलमा अलआउट हुँदै १८६ रन बनाएको थियो । उसका बास डी लिड र टम कुपरले अर्धशतकीय पारी खेले । लिडले ८९ तथा कुपरले ६६ रन बनाए ।

पाकिस्तानका हरिस रउफ तथा मोहम्मद नवाजले समान ३/३ विकेट लिए । नसिम साहले २ तथा सादव खान र मोहम्मद वासिमले समान १/१ विकेट लिए । पहिलो खेलमा पाकिस्तान १६ रनले विजयी भएको थियो । दुई देशबीचको तेस्रो तथा अन्तिम एक दिवसीय खेल आइतवार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७