जापानमा एकै दिनमा अढाई लाख बढीलाई कोरोना संक्रमण


३ भाद्र २०७९, शुक्रबार
j3apan

टोकियो । जापानमा एकै दिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ । यो संख्या हाल सम्मकै सबैभन्दा बढी हो । यसअघि एक दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा उक्त सङ्क्रमण पुष्टि भएको थियो ।

कोभिडका कारण देशभर एकैदिनमा दुई सय ८७ जनाको मृत्यु भएको छ । टोकियो महानगरमा मात्र आज २७ हजार चार सय ५३ नयाँ सङ्क्रमित थपिएका छन् । जापानका स्वास्थ्य अधिकारीहरूले कोभिड -१९ को यो सातौ लहरले देशको स्वास्थ्य पद्धतिलाई दबाबमा पारेको र अस्पतालमा शैया पाउन कठिन भएको बताएका छन् ।

यसैबीच, आज सिङ्गापुरमा तीन हजार पाँच सय ५३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै सिङ्गापुरमा अहिलेसम्म सङ्क्रमितको संख्या १८ लाख नौ हजार दुई सय २१ पुगेको छ । त्यसैगरी आज उक्त सङ्क्रमणबाट पाँच जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार कोभिड १९ बाट सिङ्गापुरमा हालसम्म एक हजार पाँच सय ७२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७