नागरिकता विधेयक पारित हुनु सकारात्मक, तर कमी सच्याउनै पर्छ : भट्टराई


३ भाद्र २०७९, शुक्रबार
133 Shares
baburam bhattarai
फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले बिहीबार जस्ताको तस्तै पारित गरेको छ । यस विषयमा पक्ष र विपक्षमा मतहरु प्रकट भइरहेका छन् ।

यसै क्रममा नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिकता विधेयक पारित हुनु सकारात्मक कुरा भएको बताएका छन् । तर उक्त विधेयकमा पनि विभेदकारी व्यवस्था रहेकाले सच्याउन आवश्यक भएको उनले बताएका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘लाखौं नेपाली नागरिकताविहीन भइरहेको अवस्थामा नागरिकता विधेयक पारित हुनु सकारात्मक छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘परन्तु आमाको नाउँबाट नागरिकता लिँदा बाबुको ठेगान नलागेको स्वघोषणा जस्ता अपमानजनक/विभेदकारी प्रावधान, छोरी र छोराका दम्पतीलाई अंगीकृत नागरिकतामा विभेद, गोरखा सैनिकलाई नागरिकता आदि कमी सच्याउनै पर्छ ।’

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७