बञ्चरेडाँडामा सहजै पुग्दै फोहोरका गाडी, हट्यो स्थानीयको अवरोध


३ भाद्र २०७९, शुक्रबार
Bancharedanda 2

काठमाडौँ । बञ्चरेडाँडामा आज (शुक्रबार) देखि सहज रुपमा फोहोरका गाडीहरु पुग्न थालेका छन् । स्थानीयको अवरोध नभएका कारण फोहोर विसर्जन सहज भएको छ । हिजो काठमाडौ महानगरपालिका, स्थानीय बासिन्दासहित सरोकारवालाबीच सहमति भए पछि काठमाडौंबाट फोहोर बोकेका गाडी नियमित रुपमा बञ्चरेडाँडा पुग्न थालेका छन् ।

बिहानैदेखि त्यहाँ फोहर विसर्जन भइरहेको र काठमाडौँबाट पनि गाडी पुगिरहेका काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरले आजदेखि दैनिक तीन सय गाडीबाट फोहोर विसर्जनको तयारी गरेको छ । ल्याण्डफिल्ड साइटमा पर्ने धादिङको धुनिबेसी नगरपालिका-१ का बासिन्दाले पनि आज फोहर बोकेका गाडीलाई रोकेका छैनन् ।

महानगरपालिकाले एक हप्ताभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएकाले यो अवधिसम्म कुनै अवरोध नगर्ने उनीहरुले बताएका वडाअध्यक्ष मानबहादुर तामाङले जानकारी दिएका छन् । सहमति अनुसार ल्याण्डफिल्ड साइटमा विरोध प्रदर्शनका क्रममा घाइते भएकाको उपचार खर्च महानगरले बेहोर्ने छ भने पक्राउ परेका एक जनाको पनि रिहाइ हुुनुपर्नेछ ।

यस्तै, फोहर बोकेर जाने गाडीले बाटोमा लिचेड चुहाउन पाउने छैनन् भने बञ्चरेडाँडामा फोहर थुपार्ने ठाउँमा गन्ध नआउने औषधि पनि छर्किनु पर्नेछ र गएको जेठ २६ गते भएको सहमति कार्यान्वयन गर्दै जानु पर्नेछ । बञ्चरेडाँडामा फोहोरका गाडी नियमित जान थाले पनि काठमाडौँ उपत्यकामा थुप्रिएको फोहोर उठाउन समय लाग्ने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७