च्याम्पियन्स लिगमा रोनाल्डोले गरे उत्कृष्ट गोल


२१ चैत्र २०७४, बुधबार
4ACBD39000000578 0 image m 12 1522787727338

 

काठमाडौं चैत २१ : च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा साविक विजेता रियल मड्रिडले युभेन्टसलाइ ३–० गोलले पराजित गरेको छ ।4ACBD39000000578 0 image m 12 1522787727338

घरेलु मैदानमा भएको खेलमा दश खेलाडीमा झरेको युभेन्टसलाई हराउन रियलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको तेस्रो मिनेटमा नै रोनाल्डोले इस्कोको पासमा गोल गरेपछि रियलले एक शुन्यको अग्रता लिएको थियो । ३५ औं मिनेटमा टोनी क्रुसले डी बक्स नजिकैबाट प्रहार गरेको शसक्त प्रहार बारमा लाग्दा रियल पहिलो हाफमा दुई शुन्यको अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफमा रियालले थप दुई गोल गर्दा युभेन्टस भने दश खेलाडीमा समेटियो । ६४ औं मिनेटमा रोनाल्डोले ओभरहेड किकमार्फत गोल गरेपछि युभेन्टस दुई शुन्यले पछि पर्यो । रोनाल्डोले आकर्षक गोल गर्दा युभेन्टसका समर्थकलेसमेत ताली बजाउँदै उनीप्रति सम्मान प्रकट गरेका थिए । रोनाल्डो च्याम्पियन्स लिगमा लगातार दशौं खेलमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन् ।

६६ औं मिनेटमा पाउलो डिबाला दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरीएपछि दवावमा आएको घरेलु टोली खेलमा फर्कन सकेन् । ७२ औं मिनेटमा रोनाल्डोकै पासमा मार्सेलोले टिमका लागि तेस्रो गोल थपे । इन्जुरी समयमा पोर्चुगल स्ट्राइकरले ह्याट्रिक गर्ने मौका गुमाएका थिए । बुफनको टोलीले पनि गोलका केही अवसर सिर्जना गरेका थिए तर रियलका गोलकिपर नाभास बाधक बने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७