चीनमा बाढीले १७ जनाको मृत्यु, १७ व्यक्ति बेपत्ता


३ भाद्र २०७९, शुक्रबार
china badhi 0k8aCC84dT

काठमाडौँ । चीनको उत्तरपश्चिमी चिङ्हाई प्रान्तमा आएको बाढीमा परेर कम्तीमा १७ जना स्थानीयको मृत्यु भएको छ । अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका बिहीबार साँझको सो बाढीबाट अरु १७ जना हराइरहेका छन् ।

ती हराएका व्यक्तिको खोजी भइरहे पनि उनीहरू भेटिने सम्भावना कम रहेको उद्धारकर्मीहरूले जनाएका छन् । स्थानीय समयानुसार बुधबार राति १०.२५ देखि सुरु भएको भीषण वर्षाका कारण ठूलो बाढी आएको र धनजनको क्षति भएको जनाइएको छ ।

धेरै माटो बोकेर आएको बाढीले नदीको बहाव परिवर्तन गरेकाले पनि धेरै क्षति भएको अधिकारीहरूले जनाएका छन् । बाढीबाट ६ गाउँका ६ हजार २ सय ४५ घर प्रभावित भएका छन् । तीमध्ये दुई भवन पूणर् रूपमा र १४ भवन अत्यधिक क्षति भएको छ ।

बाढीका कारण घरमा क्षति भएपछि एक हजार दुई सयभन्दा बढी मानिस विस्थापित भएका छन् । उनीहरूका लागि अत्यावश्यक सहयोग र सामग्रीको व्यवस्था गर्न लागिएको छ । उनीहरूलाई अस्थायी शिविरमा राखिएको छ । सेना प्रहरी र उद्धारकर्मी गरी कम्तीमा चार हजार पाँच सयजना उद्धारका काममा खटिएका छन् । उनीहरूले बिहीबार बिहानदेखि हराएका २० जना व्यक्तिको सकुशल उद्धार गरेको जनाएका छन् ।

यहाँ बुधबार बिहानदेखि अविरल रुपमा वर्षा भएको छ । बाढीमा परेर हराएका व्यक्तिको खोजी भइरहेको उद्धारकर्मीले जनाएका छन् । उनीहरूका अनुसार यहाँका ६ हजारजना भन्दा बढी व्यक्ति विस्थापित हुन पुगेका छन् । उनीहरूलाई विद्यालयहरूमा आश्रय दिएर राखिएको छ ।वर्षा जारी नै रहेकाले थप क्षतिबाट बच्न सुरक्षित रहन भनिएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७