स्वास्थ्य क्षेत्रको विकासमा दीर्घकालीन योजना बनाउन सरकारलाई राष्ट्रपतिको आग्रह


३ भाद्र २०७९, शुक्रबार
bidhya 1 scaled

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालहरुको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारलाई नियालेर स्वास्थ्य क्षेत्रको जनशक्ति विकासका लागि अल्पकालिन र दीर्घकालीन योजनाहरु बनाउने काममा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले स्वास्थ्य सेवाको विशिष्ट आवश्यक्ताको पहिचान गरी सोही अनुरुपको जनशक्ति तयार पार्नुपर्ने मुलुकसामू विद्यमान चुनौतिको सामना गरेर अघि बढन अस्पतालहरुको अनुभव अति उपयोगी हुने पनि स्पष्ट पारिन् ।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको ६३औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा बोल्दै उनले सो अस्पतालको सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने काममा थप सफलता मिल्ने विश्वास समेत व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले सो अस्पतालले बाल मृत्युदर घटाउन समेत उल्लेख्य योगदान दिएको पनि स्मरण गराइन् । राष्ट्रपति भण्डारीले कोभिडको कठिन घडीमा पनि बिरामीहरुको उपचारको काममा कमी हुन नदिएको भन्दै सो अस्पतालका चिकित्सकहरुसहितका स्वाथ्यकर्मीहरुको पनि प्रशंशा गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७