कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था गम्भिर, भेन्टिलेटरमा राखियो


२०७९ भदौ ३ शुक्रबार १७:४१ बजे

काठमाडौं । कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्यमा थप समस्या देखिएको छ । गिरीको न्युमोनिया गम्भीर अवस्थामा पुगेपछि बिहीबार बिहानदेखि भेन्टिलेटर सपोर्टमा राखिएको पारिवारिक स्रोतले जनाएको छ ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्कंदै गर्दा सामान्य न्युमोनिया देखिएपछि गिरी मेडिसिटी अस्पताल भर्ना थिए । अस्पतालले सुरुमा स्वास्थ्य अवस्थामा सुधार आएको बताएको थियो । तर, अहिले उनको स्वास्थ्य निरन्तर बिग्रिएर जटिल अवस्थामा पुगेको जनाइएको छ ।

घाँटीको क्यान्सर देखिएपछि गिरिको सुरुमा नयाँ दिल्लीमा उपचार भएको थियो । स्वरयन्त्रसँगै क्यान्सर देखिएपछि अप्रेसन गर्दा बोलिनै बन्द हुने भएकाले उनलाई किमो चलाएर उपचार गरिएको थियो । नयाँ दिल्लीको उपचारपछि गिरिको मुम्बईस्थित हिन्दुजा अहस्पतालमा ‘रेडिएसन’ उपचार भयो । त्यसबाट स्वास्थ्य अवस्थामा सुधार भएपछि गिरि नेपाल फर्किएका हुन् । अहिले गिरिको क्यान्सर पनि अन्यत्र सरेको पारिवारिक स्रोतले जनाएको छ ।

पारिवारिक स्रोतका अनुसार बिहीबार नै गिरिको डायलासिस पनि भएको छ । त्यसबाट रगतमा सुधार देखिएको मेडिकल टिमले बताएपनि न्युमोनिया र क्यान्सरको दोहोरो आक्रमणका कारण उनको अवस्था थप कमजोर बनिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७