अपर तामाकोशीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने


३ भाद्र २०७९, शुक्रबार
448 Shares
IPO

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा भएको कम्पनीको १४औं वार्षिक साधरण सभाले १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पास गरेको हो ।

वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद सेयरको माध्यमबाट पुँजी वृद्धिको लागि विशेष प्रस्ताव पेस गरे।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले ७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि बढेर ऋणको भार बढी ऋण र पुँजीको अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्कासन गर्न लागेको जानकारी दिए ।

घिसिङका अनुसार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत गृहबाट निस्कने पानीलाई करिव ८ किलोमिटर सुरुङमार्फत ९९ मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने प्राधिकरणको लक्ष्य रहेको छ । त्यसका लागि तामाकोशी जलविद्युत सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७