सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्छ, चुनावपछि सरकार बनाउँछ : ओली


३ भाद्र २०७९, शुक्रबार
KP Sharma Oli

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् । गृहनगर दमकमा शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गरे ।

नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गरेका अध्यक्ष ओलीले देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने जिकिर गरे ।

सरकारले प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निणर्य गरेपछि गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने दाबी गरे । जनताले भ्रष्ट नेताहरुको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने बताउँदै ओलीले चुनावपछि एमालेकै सरकार बन्ने दोहोर्‍याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७