बाबुरामजीसँग चुनावअघि एकता हुँदैन : प्रचण्ड

सिट फाँटफाँटमा स्थानीय तह निर्वाचनमा जस्तो हतारो र चटारोमा छैन, समय छँदै टुंग्याउँछौं’


३ भाद्र २०७९, शुक्रबार
49 Shares
prachanda 1

गोरखा । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश र प्रतिनिधिसभा अगाडि डा. बाबुराम भट्टराईसँग एकताको सम्भावना नभएको बताएका छन् ।

नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलनमा सहभागी हुन शुक्रबार गोरखा आएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावमा एउटै चिन्हबाट लड्ने सहमति भए पनि तत्कालै पार्टी एकता नहुने बताए । उद्दपी उनले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र आफूहरु फेरि एकै ठाउँमा उभिनु गोरखाका लागि विशेष महत्व रहने बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘बाबुरामजी र हामी फेरि एकै ठाउँमा उभिने भइयो, यो गोरखाका लागि विशेष महत्व कुरो हो,’ उनले भने । निर्वाचनपछि भट्टराई नेतृत्वको नेसपार्टीसँग एकताको संभावना रहेको पनि उनले बताए । गोरखा क्षेत्र नम्बर २ बाट भट्टराईलाई उमेदवार बनाउने हो ? भन्ने पत्रकारको प्रश्नमा भने को-कहाँबाट उठ्ने भन्ने नटुंगिएको प्रचण्डले बताए ।

प्रचण्डले गठबन्धन भित्रको सिट बाँडफाँट पनि केही दिनभित्र टुंगिने बताए । ‘कार्यदलले लगातार काम गरिरहेको छ, अहिलेसम्म सकारात्मक दिशातर्फ छौं, जटिलता छैन,’ उनले भने, ‘सम्भवतः केही दिनभित्रै कुन पार्टीले कति सिट भनेर निर्धारण हुन्छ ।’

jagdamba.cement
rbbbb

स्थानीय तह निर्वाचनमा जस्तो हतारो र चटारोमा नभई समय छँदै टुंग्याउने प्रचण्डको भनाइ छ । ‘समय छँदै टुंग्याउँछौं, स्थानीय तहमा जस्तो हतारो र चटारो हुँदैन, अन्तिम समयसम्म नटुंगिने, सम्झाउन पनि नपाइने स्थानीय तहको जस्तो स्थिति अहिले हुँदैन, बेलैमा टुंग्याउँछौं,’ उनले भने । २०७४ को निर्वाचन परिणाम र स्थानीय तहको मत एवं अहिलेको स्थितिलाई हेरेर सिट बाँडफाँट हुने दाहालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७