शिक्षक र विद्यार्थीमा कोरोना, एक साताका लागि विद्यालय बन्द


३ भाद्र २०७९, शुक्रबार
School banda

गोरखा । शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि गोरखाको आरुघाट गाउँपालिका-८, आरुपोखरीस्थित दरबार माविको पठनपाठन एक साताका लागि बन्द गरिएको छ ।

शुक्रबार आरुपोखरीमा ६६ जनाको कोरोना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाकी स्वास्थ्य सहसंयोजक सुनिता अधिकारीले बताइन् । संक्रमण पुष्टि भएकामध्ये १५ जना विद्यार्थी र एक शिक्षक हुन् ।

रुघाखोकीको बिरामी बढेपछि विद्यालयको आग्रहमा शुक्रबार एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको अधिकारीले बताइन् । थप संक्रमण फैलिन नदिन भदौ १० गतेसम्म भौतिक उपस्थितिको पठनपाठन बन्द गरेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७