सांसदमार्फत बजेट बाँड्ने काम रोक्न प्रदेश-१ र गण्डकी प्रदेशलाई आयोगको निर्देशन


३ भाद्र २०७९, शुक्रबार
Nirbachan scaled

काठमाडौँ । निर्वाचन आयोगले प्रदेश-१ र गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गतका कार्यक्रम सञ्चालन नगर्न निर्देशन दिएको छ ।

आउँदो मंसिर ४ गते चुनाव तोकिएको र प्रदेश सभाको कार्यकाल सकिन लागेका बेला प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममार्फत बजेट सांसदलाई योजना छनोट गर्न लगाइएको र योजना बाँड्ने तयारी रहेको जानकारी प्राप्त भएकाले रोक्न निर्देशन दिएको आयोगले जनाएको छ । यो कार्यक्रमअन्तर्गतका योजनाहरू प्रदेश सभा सदस्यले छनोट तथा कार्यान्वयनमा सहजीकरण गर्दै आएका छन् ।

चुनावको प्रक्रियाहरू सुरु भइसकेको अवस्थामा यस्ता वितरणमुखी कार्यक्रमले चुनावको स्वच्छतामा नै प्रश्न उठाउन सक्ने आयोगको भनाइ छ । आयोगले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अघि नबढाउन निर्देशन दिनुका साथै पाँच बुँदै स्पष्टीकरण समेत सोधेको छ ।

a
a1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७