लोसपा प्रदेशसभा सदस्य गिरी एमाले प्रवेश


४ भाद्र २०७९, शनिबार
losa

काठमाडौं । मधेश प्रदेशस्थित लोकतान्त्रिक समाजवादी पार्टीका सांसद प्रह्लाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गिरी एमाले प्रवेश गरेका हुन् ।

उनलाई एमालेल अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । पर्साबाट निर्वाचित गिरीले एमाले प्रवेशका लागि यसअछि नै ओलीसँग छलफल गरिसकेका थिए ।

गिरीसहित युवा नेता अरुण यादव, सुजित गिरी लगायतले पार्टी प्रवेश गरेका हुन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी छाडेर महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी रोजेपछि गिरी पनि त्यतै लागेका थिए ।
पर्सा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका गिरी लोसपाका केन्द्रीय सदस्य पनि हुन् । लोसपामा मधेश प्रदेशका प्रभावशाली नेता मानिने उनले यसअघि पनि पटक पटक दल बदलिसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७