भोलिको प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस हुने


२०७९ भदौ ४ शनिबार ०७:४६ बजे

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढ्ने भएको छ । प्रतिनिधिसभाको भोलि बस्ने बैठकमा सरकारले संक्रमणकालीन न्यायसँग सम्बन्धी कानुनलाई प्रस्तुत गर्ने भएको छ ।

प्रतिनिधिसभाको भोलि ११ बजे बस्ने बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसदीय प्रक्रियामा अघि बढ्ने भएको हो । प्रतिनिधिसभाको भोलिको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्ने उल्लेख छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभमा असार ३१ गते दर्ता भएको थियो । सो विधेयकका कतिपय प्रावधानमा द्वन्द्वपीडितले असन्तुष्टि व्यक्त गरेका छन् । त्यसमा राखिएका व्यवस्थालाई संशोधन गर्नुपर्ने भन्दै उनीहरूले सरकारलाई मागपत्र बुझाएका छन् भने सडकमा प्रदर्शन पनि गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७