सानेपामा कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक


२०७९ भदौ ५ आइतबार ०७:०७ बजे

काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनले शोकमा परेको कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको आकस्मिक बैठक राखेका हुन् ।

बैठकले सांसद गिरीको निधनमा शोक प्रस्ताव पारित गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। समाजवादी चिन्तक एवम् नेता गिरीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९:३० बजे निधन भएको थियो । गिरीको पार्थिव शरीर अहिले मेडिसिटी अस्पताल प्राङ्गणमा रहेको शिवालयमा राखिएको छ भने बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म कांग्रेस कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राख्ने तयारी छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७