पाठेघरसम्बन्धी समस्याले पीडित राईलाई आर्थिक सहयोग


२०७९ भदौ ५ आइतबार ०७:४६ बजे

खोटाङ, ५ भदौ । शल्यक्रियापछि पाठेघरसम्बन्धी समस्याले पीडित बनेकी खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेकी चन्द्रकुमारी राईलाई आर्थिक सहयोग जुटेको छ । करिब १८ वर्षअघि बच्चा जन्माउनका लागि शल्यक्रिया गरेको केही समयपछि पेटमा मासुको डल्लो निस्किएको थियो ।

राईलाई कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा ३७ हजार १६५ रुपैयाँ सहयोग जुटेको हो । स्वदेश तथा विदेशमा रहेका १९ जना शुभेच्छुक तथा सहयोगीबाट जुटेको रकम शनिबार विष्टले समाजसेवी सरिता राई र कांग्रेसका जन्तेढुंगा गाउँपालिका सचिव शम्भु राईको उपस्थितिमा चन्द्रकुमारलाई हस्तान्तरण गरेका छन् ।

शल्यक्रियाको असरले पेटमा झुण्डिएको मासुको डल्लो दुख्न थालेपछि चन्द्रकुमारीलाई छरछिमेक तथा आफन्तको सहयोगमा कीर्तिपुर अस्पताल लगेका थिए । आफन्तकै सहयोगमा अप्रेसन गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७