नरैनापुर सुक्खा क्षेत्र घोषणा


२०७९ भदौ ५ आइतबार ०७:०४ बजे

बाँके । धान रोपाइँ नभएपछि नरैनापुर गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गरिएको छ । १५ प्रतिशत जमिनमा रोपाइँ भएको र रोपाइँ भएको धान पनि सुक्दै गएपछि गाउँपालिकालाई सख्ुखा क्षेत्र घोषणा गरिएको अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए ।

‘किसानको मर्म प्रकृतिले पनि बुझेन, नरैनापुरका खेतमा रोपाइँ हुन सकेन्, नेपालगञ्जमा परेको पानी नरैनापुरमा पर्दैन’, उनले भने, ‘मोटर र बोरिङको सहारामा रोपेको धान पनि खेतमै सुक्यो, सुक्खा क्षेत्र घोषणा गर्नुबाहेकको विकल्प रहेन ।’ नरैनापुरमा पानीको सङ्कट भएपछि कार्यपालिका बैठकले मालपोतमा ८० प्रतिशत कर छुट दिने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले बताए ।

‘सिँचाइका लागि डिप बोरिङलगायत अन्य वैकल्पिक व्यवस्था, सहुलियतस्वरूप डिजलको व्यवस्था र कृषि विद्युतीकरणका साथै कृषि मिटर उपलब्ध गराइ विद्युत् महसुल निःशुल्क गर्ने निणर्य गरेका छौं’, उनले भने, ‘सङ्घ र प्रदेशमा पनि सहयोगका लागि पहल गरिरहेका छौँ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७