रामकुमारी झाँक्री भन्छिन्, ‘गुल्मी-२ मा एमालेको विरासत तोडेर देखाउँछु’


२०७९ भदौ ५ आइतबार ०७:१८ बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले गुल्मी २ मा नेकपा एमालेको विरासत तोडेर देखाउने घोषणा गरेकी छन् ।

सामाजिक सञ्जालमा उनले आफ्नो तस्बिरसहित पोस्ट गर्दै भनेकी छन्,‘ हजुरहरुको साथ र सहयोगले यो कुरालाई पूणर्ता दिन्छ । गुल्मी क्षेत्र नम्बर २ मा एमालेको विरासत तोडेर देखाउँछु ।’

पछिल्लो पटक उनी काठमाडौं या गुल्मी कहाँबाट चुनाव लड्ने टुंगो नलागेका समाचार सार्वजनिक भइरहेका थिए । झाँक्रीले भने सामाजिक सञ्जालमार्फत् आफू गुल्मीबाटै चुनाव लड्न चाहेको संकेत गरेकी छन् । यसअघि सो क्षेत्रमा नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले जित हासिल गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७