एटलान्टासँग मिलानको बराबरी


२०७९ भदौ ६ सोमबार ०७:३४ बजे

मिलान । एटलान्टाले १-१ को बराबरीमा रोकेसँगै डिफेन्डिङ च्याम्पियन एसी मिलानले इटालीको सिरी एमा आफ्ना लगातार सात खेलको जित क्रम गुमाएको छ ।

रुस्लान मिनिलोभ्स्कीको गोलमा एटलान्टाले अग्रता लिएपछि इस्मेल बेनसारले मिलानका लागि बराबरी गोल फर्काए । लिग तालिकामा दुई दुई खेल जितेका नेपोली र इन्टर मिलान हाल शीर्ष स्थानमा छन् ।

नेपोलीले अर्को खेलमा मोन्जालाई ४-० गोलअन्तरले पराजित गर्‍यो । यस्तै इम्पोली र फियोरेन्टिनाले गोलरहित तथा बोलोग्ना र भेरोनाले १-१ को बराबरी खेले ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७