जापानका प्रधानमन्त्रीलाई कोभिड संक्रमण


२०७९ भदौ ६ सोमबार १०:५५ बजे

टोकियो । जापानका प्रधानमन्त्री फुमिओ किसिदालाई कोभिड-१९ संक्रमण भएको छ । प्रधानमन्त्री किसिदा प्रधानमन्त्रीको आवासीय निवासमा एकान्तमा रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । एक साता लामो बिदापछि प्रधानमन्त्री काममा फर्किरहेका बेला उनलाई कोभिड भएको हो ।

खोकी र ज्वरो महसुस गरेपछि उनले आईतबार बिहान पीसीआर परीक्षण गरेका थिए । जापानले कोरोनाभाइरस संक्रमणमा रेकर्ड दरमा वृद्धि भएको छ । कोभिडले विश्वको तेस्रो-ठूलो अर्थतन्त्र भएको देश जापानलाई चौपट प्रभावित छ । जापानमा दैनिक २ लाखभन्दा बढीलाई कोभिड संक्रमण भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७