चीनमा बाढी-पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २६ पुग्यो


२०७९ भदौ ६ सोमबार १०:२७ बजे

काठमाडौं । भारी वर्षापछि आएको बाढी पहिरोमा परेर चीनको उत्तरपश्चिम प्रान्त छिङहाइमा २६ जनाको ज्यान गएको छ । अन्य पाँच जना अझै बेपत्ता रहेका स्थानीय अधिकारीहरूले बताएका छन् ।

बाढीमा परेका २३ जनाको उद्धार गरिएको छ । गएको बुधवार रातिदेखिको वर्षाका कारण दाताङ हुई र तु स्वायत्त काउन्टीका छवटा गाउँका ६ हजारभन्दा धेरै बासिन्दा प्रभावित भएका छन् । मुसलधारे वर्षाका कारण दाताङमा बाढी र पहिरो जाँदा नदीको मार्ग परिवर्तन भइ बाढी गाउँ पसेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७