मिटरब्याजीविरुद्ध दुई हजार बढी उजुरी, मधेस प्रदेशबाट मात्रै १,१८२ वटा


२०७९ भदौ ६ सोमबार ०७:३४ बजे

काठमाडौं । मिटरब्याजीविरुद्ध देशभरबाट दुई हजारा बढी उजुरी परेका छन् । मिटरब्याजबाट पीडितहरूको समस्या सम्बोधन गर्न सरकारले गठन गरेको कार्यदलले हिजोसम्म उजुरी दिन आह्वान गरेको थियो ।

कार्यदलको आह्वानअनुसार देशभरबाट दुई हजार ४३ जनाले उजुरी दिएको कार्यदलका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिएका छन् । उनका अनुसार मधेस प्रदेशबाट मात्रै १,१८२ उजुरी परेको छ ।

वागमती प्रदेशबाट ३५६ र लुम्बिनी प्रदेशबाट २११ वटा उजुरी परेको भुसालले बताएका छन् । अरु प्रदेशबाट पनि उजुरी परेको र सङ्कलनको काम भइरहेको भुसालले बताएका छन् । पीडितहरुले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिएका हुन् ।

परेका उजुरीको अध्ययन गर्ने काम भइरहेको र भोलिदेखि स्थलगत अध्ययन शुरु हुने उनले जानकारी दिए । स्थलगत अध्ययनको क्रममा अझै उजुरी आउने सम्भावना देखिएमा म्याद थप हुने पनि उनले बताए । सरकारले गएको साउन २७ गते मिटरब्याजबाट पीडितको सम्बन्धमा छानबिन गर्न कार्यदल गठन गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७