विभिन्न स्थानमा सात जना मृत फेला


२०७९ भदौ ६ सोमबार ११:५८ बजे

काठमाडौं । कास्की, पर्वत, म्याग्दी, मकवानपुर, नवलपरासी (पश्चिम), भक्तपुर र चितवनमा सात जना मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका-५ का २८ वर्षीय राज कुमार सुनार मृत अवस्थामा फेला परेका छन् । उनी पोखरा महानगरपालिका-१४ कदम मार्गस्थित आफ्नै डेरामा मृत अवस्थामा फेला परेका हुन् ।

पर्वतको पैयुँ गाउँपालिका-७ भोर्ले बस्ने ९२ वर्षीया नन्दी देवी भट्टराई सोही ठाउँस्थित सेती खोलाको किनारमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट कसैलाई जानकारी नगराई हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोला लेवाङस्थित बाटोमा गोरखा अजिरकोट गाउँपालिका-४ घर भई हाल टुण्डी हाईड्रोपावरमा काम गर्ने ४५ वर्षीय होमनाथ दवाडी आइतबार मृत अवस्थामा फेला परेका छन् ।

मकवानपुरको थाहा नगरपालिका-३ स्थित सृजनाबस्तीको खोल्सामा सोही ठाउँ बस्ने ७० वर्षीया उजेली सुनार आइतबार मृत अवस्थामा फेला परेकी छिन् । नवलपरासी (पश्चिम)को रामग्राम नगरपालिका-३ घोडपाली बस्ने बर्कत मियाँको ७ वर्षीय छोरा फिरोज मियाँ आफ्नै घर नजिकको पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका सल्लाघारी ९९ रोपनीस्थित होमपाईपमा हाल पहिचान नखुलेका करिब ४० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । चितवनको माडी नगरपालिका-३ सिमरागाउँ बस्ने ७५ वर्षीय झगरु महतो सोही नगरपालिका-६ हरिनगरस्थित रिउ खोलाको काँस घारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७