घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


२०७९ भदौ ६ सोमबार ०७:५७ बजे

काठमाडौं । सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला ११ सय ७० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य सोमबार अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो । सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७