अहिले पढाइ र कामै व्यस्त छु, बिहेबारे केही योजना छैन् : एलिसा रार्इ


२१ चैत्र २०७४, बुधबार
alisha rai

एलिसालाई कस्ताे केटा मनपर्छ ?

काठमाडौं २१ चैत: अहिले पढाइ र काममा नै व्यस्त छु । आजसम्म विवाहबारे केही योजना बनाएकी छैन । यति वर्षमा विवाह गर्छु भनेर पनि सोचेको छैन । विवाह गर्न यस्तो केटा हुनुपर्छ भन्ने कल्पना पनि गरिसकेको छैन । त्यसमा म विवाह गर्नैपर्छ भन्ने मान्यता पनि राख्दिनँ । आफूलाई मन मिल्ने साथी पाइन भने विवाह नहुन पनि सक्छ । तर, सामान्य चाहना चाहिँ मान्छे राम्रै होस् भन्ने भन्ने छ ।

alisha raiएलिसा रार्इ, कलाकार ।

 

बाह्य रूपले आकर्षित भएकी छैन
मलाई बाहिर रूपले खासै आकर्षण गर्दैन । व्यक्तिको व्यवहार महत्त्वपूर्ण हो । आजसम्म म कोही पनि व्यक्तिको बाह्य रूपले आकर्षित भएकी छैन । सुन्दरताले आकर्षित हुने भनेको क्षणिक हो । म कोही व्यक्तिको सुन्दरताले आकर्षित भए पनि प्रेममा पर्दिनँ । यदि व्यवहार पनि सुन्दर भयो भने हो नत्र बाह्य रूपले मात्रै के गर्नु । राम्रो लागेको व्यक्ति यसो हेर्नलाई मात्र हो । त्यस्तो आकर्षित नै भईहाल्ने पनि हुँदैन होला जस्तो लाग्छ ।

‘व्यवहारिक र फ्रेण्ड्ली होस्’
जीवन चलाउन सबै भन्दा पहिलो कुरा त व्यवहारिक हुनुपर्छ । व्यवहारिक भएन भने सम्बन्ध पनि राम्रो हुँदैन । र फ्रेण्डली पनि हुनुपर्छ । जोकोहीसँग राम्रो बोल्ने, घुलमिल हुनेखालको व्यक्ति सहज हुन्छ । धेरै फतर–फतर बोल्ने पनि मलाई त्यति मन पर्दैन । मेरो साथी, आफन्तसँग राम्रो बोलिदिने, व्यवहार राम्रो गरिदिने होस् ।

‘माया गर्ने, बुझ्ने’
सामान्यतया केटा होस् वा केटी जोकोहीको पनि चाहना आफ्नो जीवन साथीले आफूलाई माया गरोस्, बुझोस्, ख्याल गरोस् भन्ने नै हुन्छ । म पनि त्यस्तै चाहन्छु । आवश्यक परेका बेला सल्लाह देओस् । आफ्ना कुरा निर्धक्क शेयर गर्न सकियोस् । एक अर्काको सुख, दुःखमा साथ दिन सकियोस् । मेरो राम्रो पक्षको साथ र नराम्रा कुरा खण्डन गर्न सक्ने हुनुपर्छ । मोटिभेट गरोस् ।

‘जिम्मेवार होस्’
कुनै पनि व्यक्ति आफ्नो काम कर्तव्यप्रति जिम्मेवार हुनुपर्छ भन्ने लाग्छ । कतिपय व्यक्ति अधिकार मात्रै खोज्ने तर, आफ्नो काम र कर्तव्यप्रति कति पनि जिम्मेवार हुँदैनन् । मैले कति देखेकी छु त्यस्ता मानिस । मेरो जीवन साथी चाहिँ त्यस्तो गैरजिम्मेवारी नहोस् भन्ने लाग्छ ।alisha raiफाइल तस्बिर

‘एप्स बनाएको मन पर्दैन’
बाह्य रूपमा सबै राम्रा नै हुन्छन् । हाम्रो हेराई र रोजाई मात्र फरक हो । जो पनि आफ्नो हेराइअनुसारको खोज्दा बाँकी नराम्रो लाग्ने न हो । यस्तै मलाई चाहिँ बाहिरी रूपमा सिम्पल पहिरन गर्ने राम्रो लाग्छ । चाहिने जति फेसन सेन्स भएको होस् । हेर्दा स्वस्थ देखियोस् । अर्थात् शारीरिक रूपमा फिट देखियोस् । जिम गएर एप्स बनाएको मलाई राम्रो लाग्दैन । ठिक्कको उच्चाइ भएको, मसँग सुहाउँदो होस् ।

‘गोरो वर्णको केटा आकर्षक लाग्दैन’
मलाई गोरो वर्ण भएको केटा त्यति आकर्षक लाग्दैन । मैले विवाह गरेँ भने मेरो जीवन साथी म भन्दा गोरो नहुने सम्भावना बढी छ । मलाई लामो कपाल पालेको मन पर्दैन । छोटो ठिक्कको होस् । कालो र छोटो कपाल भएको पुरुष स्मार्ट लाग्छ ।

‘नो स्मोकिङ, नो अल्कोहलिक’
मलाई चुरोट खाएको मन पर्दैन । यदि मैले कोहीलाई मन पराएँ भने पनि चुरोट पिउने थाहा पाएँ भने सायद सम्बन्ध अघि बढ्दैन । म रक्सी पिउँदिन । त्यसैले पिउनेसँग कुरा मिल्दैन । होला हल्का कहिलेकाहीँ विशेष भोजमा मात्र पिउने हो भने सम्झौता गर्न सकिन्छ । तर, मातुञ्जेल पिउने, दैनिक पिउने भने जीवन चल्दैन ।

नयाँ पत्रिकाबाट साभार गरिएकाे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७