महालक्ष्मी विकास बैंकको उच्चतम व्याजदरको ‘महा बचत खाता’ सञ्चालनमा


९ भाद्र २०७९, बिहीबार
Mahabachat

काठमाडौं । महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको ‘महा बचत खाता’सार्वजनिक गरेको छ ।

बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९ प्रतिशत व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोबाइल बैकिङ सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार ५ सय मै खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुनेछ ।

विगतदेखि नै ग्राहकको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्घ रहिआएको बैंकले आम ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो ।

देशैभर छरिएर रहेका १ सय ३ शाखाहरु मार्फत खाता खोल्न सकिने बैंकले जनाएको छ ।

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १ सय ३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७