नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने पाँच पक्राउ


२०७९ भदौ ११ शनिबार ०८:०५ बजे

काठमाडौं । प्रहरीले नक्कली मदिरा उत्पादन गरि बिक्रीवितरण गर्ने गिरोहका पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हरि वली, भगवान बस्नेत, बिशाल वली, मनोज खत्री र गोपी श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्राण्डका नक्कली मदिरा‍सहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

कोटेश्वरमा विभिन्न ब्राण्डका नक्कली मदिराको बिक्रीवितरण हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले नक्कली रक्सी उत्पादन गर्न प्रयोग गरिएको फ्याक्ट्रीमा डबल ब्ल्याक, ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाईल्याण्डर भोड्का, ब्लू डाइमेन्ड लगायतका ब्राण्डका नक्कली रक्सी रहेको बताए ।

उनीसँग सोधपुछ गर्दा नक्कली मदिरा उत्पादन गर्ने मुख्य व्यक्ति र अन्य तीन जनाको पहिचान भएको थियो। फ्याक्ट्री भक्तपुरको दुवाकोटमा रहेको खुलेपछि उत्पादनकर्ता भगवान बस्नेत समेतलाई नियन्त्रणमा लिएर फ्याक्ट्रीमा प्रहरीले छापा मारेको थियो।

छापा मार्दा ठूलो परिमाणको नक्कली मदिरा बरामद भएको प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहोराले जानकारी दिए।

उक्त मदिरा नाइट क्लव, मदिराका डिलर, डान्सवारमा माग हुने र उत्पादन गरी बिक्रीका लागि पठाइने गरेको प्रहरीले जनाएको छ। पक्राउ लाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७