सम्मेलन केन्द्र रुपन्देहीको गहना : पूर्व अर्थमन्त्री पौडेल


११ भाद्र २०७९, शनिबार
Bishnu poudel scaled
फाइल फोटो

बुटवल । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले रुपन्देही विकासमा रोलमोडल भएको बताएका छन् । उनले विकासमा सबै जनप्रतिनिधिको सहमति र सहकार्य त्यसको नमुना भएको बताएका छन् ।

शनिबार आफैंले अगाडि सारेको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै पूर्व अर्थमन्त्री पौडेलले भने, ‘यो सम्मेलन केन्द्रको उद्घाटन रुपन्देहीका जनप्रतिनिधि विकासको गफ गर्न होइन विकासको काम गर्न प्रतिवद्ध छन् भन्ने कुराको प्रमाण हो ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पूर्व अर्थमन्त्री पौडेलले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र, बुटवल-बेलहिया ६ लेन सडक, तिनाउ-दानब कोरिडोर, मोतीपूर औद्योगिक क्षेत्रलगायत पूर्वाधारले रुपन्देही लगानीको आकर्षक गन्तव्यसमेत बनेको बताए । उनले सम्मेलन केन्द्र रुपन्देहीको गहना र विकासको ड्रिम प्रोजेक्ट भएको बताए ।

city

‘सम्मेलन केन्द्रको उद्घाटनले बुटवलवासीको एउटा ठूलो सपना पूरा भएकोे छ,’ नेता पौडेलले भने, ‘यो रुपन्देहीको गहना हो । यहाँ नियमित कार्यक्रम गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलन गरेर भरपूर सदुपयोग गर्नुपर्छ ।’

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७