शिवम् सिमेन्टको विशेष साधारण सभा सम्पन्न


११ भाद्र २०७९, शनिबार
1661563463.agm

काठमाडौं । शिवम् सिमेन्टको विशेष साधारण सभा सम्पन्न भएको छ। कम्पनीले उक्त सभा अनामनगर स्थित आफ्नै कर्पोरेट कार्यालयमा जुम मार्फत सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, कम्पनीको स्वीकृत प्रबन्ध पत्रको दफा ६ को खण्ड ग लाई संशोधन गर्ने र खण्ड घ संशोधन गरी हटाउने प्रस्ताव पारित गरेको छ । त्यस्तै कम्पनीको स्वीकृत नियमावलीको नियम नं २३ गणपुरक संख्या कूल शेयर संख्याको ६७ प्रतिशत रहेकोलाई संशोधन गरी ५१ प्रतिशत कायम गर्ने, कम्पनीको नियमावलीको नियम नं २५ को उप नियम ५ संशोधन गरी विशेषज्ञ संचालकको मनोनयन र अन्य संचालकहरुको निर्वाचन गर्ने सम्बन्धि व्यवस्था कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, सभाले स्वीकृत नियमावलीको नियम नं २७ को उप नियम २ मा संचालक संख्या स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक सहित ७ सात जनाको हुने छ भन्ने व्यवस्थालाई संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना र शेयरधनीहरुबाट निर्वाचित वा मनोनित ५ जना सहित ६ जनाको संचालक समिति हुनेछ भन्ने व्यवस्था कायम गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै नियमावलीको नियम नं २९ संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक १ जना संचालक समितिले नियुक्त गर्नेछ भन्ने व्यवस्था संशोधनद्धारा कायम गर्ने , र नियमावलीको नियम नं ३१ मा संशोधन गरी संचालकहरुको निर्वाचन, मनोनयन वा नियुक्ति गर्दा कम्पनी ऐन बमोजिमको प्रक्रिया पुरा गरी गरिनेछ भन्ने व्यवस्था कायम गर्ने प्रस्ताव पारित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७