संघीय र प्रदेशसभा निर्वाचनपछि गठबन्धनकै सरकार बन्छ : आङदेम्बे


११ भाद्र २०७९, शनिबार
Bhishma Raj Aandembe

पाँचथर – नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि पनि गठबन्धनकै सरकारले निरन्तरता पाउने बताएका छन् ।

गृह जिल्ला पाँचथर आइपुगेका आङदेम्बेले नेपाल प्रेस युनियन जिल्ला शाखाले सदरमुकाम फिदिममा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा गठबन्धनमा आवद्ध दलबीच सिटको भागवण्डाबारे छलफल चलिरहेको बताए । एउटा मात्र निर्वाचन क्षेत्र भएकाले आफू सङ्घीय उम्मेदवार बन्ने उनले बताए ।

पटक-पटक सरकार परिवर्तन र मन्त्री फेरिरहँदा सरकारले दिगो विकास र लक्ष्यअनुरुप काम गर्न नसक्ने हुँदा स्थायी सरकार बन्न आवश्यक रहेको सहमहामन्त्री आङदेम्बको भनाइ छ । ‘स्थायी सरकार बनेर नागरिकको काम गर्नका निम्ति पनि अहिलेको गठबन्धनलाई निरन्तरता दिनुको विकल्प छैन’, उनले भने । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीपकुमार सुनवार, प्रदेश नं १ समिति सदस्य उत्तम चौलागाईलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७