स्थानीय चुनावबाट शिक्षा लिएर संघ र प्रदेशको निर्वाचनमा सोचे जस्तो गठबन्धन हुन्छ : प्रचण्ड


११ भाद्र २०७९, शनिबार
Prachanda 1 scaled
फाइल फोटो

बुटवल । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई दुर्घटनाबाट बचाउन प्रदेश र संघीय चुनावमा बलियो दलीय गठबन्धन आवश्यक परेको बताएका छन् ।

आज (शनिबार) बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तह चुनावमा गठबन्धन र तालमेल भने जस्तो नभएको गुनासो गरे । ‘स्थानीय तहको चुनावमा आपसी गठबन्धन र तालमेल भने जस्तो भएको थिएन, तैपनि गठबन्धन दल र सरकार मिलेर चुनाव गराउनु नै ठूलो कुरा भएको मानेका छौं ।’

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दलीय गठबन्धन नभएको भए देश दुर्घटनामा जाने निश्चित रहेको बताउँदै उनले स्थानीय तह चुनाव जे जस्तो भए पनि देशलाई दुर्घटनाबाट बचाउन सफल भएकोले उपलब्धिमूलक मानेको बताएका छन् । उनले भने, ‘निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन दोस्रो चरणको संघ र प्रदेशको निर्वाचन गराउन लागेकाले यसलाई ठूलो उपलब्धि मान्नुहोला ।’

city
ncll 2

अध्यक्ष प्रचण्डले स्थानीय तह चुनावबाट कमजोरीहरु पत्ता लगाएकाले त्यसको शिक्षा लिएर संघ र प्रदेशको चुनावमा राम्रो गठबन्धन हुने दाबी गरे । चुनावको परिणामपछि देश संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेगरी अगाडि बढ्ने उनको विश्वास छ ।

jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७