वामपन्थी गठबन्धनका लागि एमालेको आह्वान


११ भाद्र २०७९, शनिबार
CPNUML Communist Party of Nepal Unified Marxist–Leninist scaled

काठमाडौँ : नेकपा (एमाले) ले चुनावी वामपन्थी गठबन्धनका लागि आह्वान गरेको छ । एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटी बैठकले वामपन्थी दलहरुबीच एकता र गठबन्धनका लागि आह्वान गरेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक, देशभक्त, प्रगतिशील र वामपन्थीहरूबीच एकता र सहकार्यको आह्वान गरेका हुन् । एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले तर, त्यस्तो एकता सक्कली हुनुपर्ने बताएका छन् । उनले एकताको नाममा अल्मलिने भूलचाहि एमालेले नगर्ने प्रष्टाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७